कोरोना संक्रमित निको हुने दर करिब ८७ प्रतिशत

काठमाडौं । नेपालमा कोरोना संक्रमित निको हुने दर ८६ दशमलव ९ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङ्क अनुशार निको आज मात्रै ६ हजार २ सय ९५ जना संक्रमित निको भएका छन् ।

हाल सक्रिय संक्रमित संख्या ७१ हजार ३०१ पुगेको छ । जस अनुशार पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ३ सय ८५ जना संक्रमित भएका छन् । यहि अवधिमा ६१ जनाको मृत्यु भएको छ ।

नयाँ थपिएका संक्रमितहरु २१ देखि ४० वर्ष उमेर समूहका अत्यधिक रहेको मन्त्रालयले जनाएको छ ।

Back to top button