उदयपुरमा भएको बोलेरो दुर्घटनामा १ को मृत्यु, ३ जना घाईते

उदयपुर । लहानबाट लखनडाँडातर्फ जाँदै गरेको बोलेरो ताप्ली गाउँपालिका ४ पोखरीको कच्ची सडकमा गएराती दुर्घटना हुँदा एक जननाको मृत्यु भएको छ । तीन जना घाइते छन् ।

सिन्धुलीको दुधौली नगरपालिका १० का ६० वर्षीय इन्द्रवहादुर बिकको मृत्यु भएको हो । मिलको मेशिन बोकेर जाँदै गरेको बा१८च १५६७ नम्वरको वोलेरो अनियन्त्रीत भई सडकबाट २०० मिटर तल खस्दा बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।

बोरेलोमा सवार ४ जनामध्ये उदयपुरको कटारी नगरपालिका १० का बोलेरो चालक ३५ वर्षीय डाँकनारायण श्रेष्ठ, ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरेका ३० वर्षीय झगरबहादुर सार्की र २६ वर्षीय डम्वरबहादुर तामाङ घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

Back to top button