गण्डकी मन्त्रिपरिषदको निर्णय : पूर्वमुख्यमन्त्रीलाई सम्मानसहितको सुविधा

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको नेतृत्वमा आइतबार बसेको पहिलो मन्त्रिपरिषदले पूर्वमुख्यमन्त्रीलाई सम्मानसहितको सुविधा दिने निर्णय गरेको छ ।

बैठकले सरकारको प्रवक्ता कुमार खड्कालाई तोकेको छ । खड्काले पूर्व मुख्यमन्त्रीलाई सम्मानसहित स्रोत, साधनले भ्याएसम्मको सुविधा दिने निर्णय भएको बताउनुभयो ।

पोखरेल नेतृत्व्को सरकारलाई भोली प्रदेशको नीति तथा कार्यक्रम ल्याएर असार १ गते बजेट ल्याउने बाध्यात्मक अवस्ता छ । चार मन्त्रीसहित मुख्यमन्न्त्रीका सपथ लिएका पोखरेलले आर्थिक मामिला मन्त्रालयको जिम्मेबारी कसैलाई दिनुभएको छैन । त्यसैले उहाँले नै नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने बाध्यता रहेको छ ।

Back to top button