मुख्यमन्त्री राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन प्रदेश प्रमुखको पत्र

जनकपुर । प्रदेश २ का प्रमुख राजेश झाले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन पत्र पठाएको छ । प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने पत्रमा उल्लेख छ ।

पुनर्गठिन मन्त्रिपरिषद्मा महिलालाई मन्त्री नबनाएको भन्दै एमालेले पनि प्रश्न उठाएको छ । प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा यादव हुनुहुन्छ ।

Back to top button