प्रदेशको नामकरणपछि मात्रै बजेट अधिवेशन अन्त्य हुन्छ : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण भएपछि मात्रै चालु बजेट अधिवेशन अन्त्य हुने बताउनुभएको छ ।

सबै दलहरुसँग सल्लाह, परामर्श र छलफल गरी नामकरण गरेर मात्रै चालु बजेट अधिवेशन अन्त्य गर्ने उहाँले सदनमा प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्रीमा सपथ लिएपछि प्रदेशको नामकरण गर्ने उद्घोष गरेका मुख्यमन्त्री राईले वर्षेनी नीति तथा कार्यक्रममा प्रदेशको नामकरण गर्ने राख्ने तर त्यसको लागि भूमिका निर्वाह नगरेको भन्दै प्रदेशसभा सदस्यहरुले आलोचना गर्दै आउनुभएको छ ।

प्रदेशको राजधानी तोक्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार प्रदेशको नामको विपक्षमा तत्कालिन नेकपाभित्रैका नै प्रदेशसभा सदस्यहरुले स्विकार नगर्ने अवस्था सृजना भएपछि थाति राखिएको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले खुलासा गर्नुभएको थियो ।

तर मुख्यमन्त्री राईले सबै दलको सहमतिमै प्रदेशको नामकरण थाति राखेको बजेट अधिवेशनको शुभकामनाका क्रममा दिएको अभिव्यक्तिको विपक्षी दलहरुले प्रतिवाद गरेका थिए ।

मुख्यमन्त्री राईले प्रधानमन्त्रीको आदेशले नामकरण रोकिएको विषयमा सदनमा केही बोल्नु भएन ।

Back to top button