रुखको हाँगाले लागेर मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका ७ पानीतारेस्थित बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । खोटाङको हेलसी तुवाचुङ नगरपालिका ८ धितुङ का २२ वर्षीय सरोज राईको मृत्यु भएको हो ।

सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।

Back to top button