डुबेर दुई बालिकाको मृत्यु

सुनसरी । जिल्लाको छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । ईनरुवा नगरपालिका ७ का प्रदिप दनुवारकी २ वर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडिको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी सुनसरीले जनाएको हो ।

यस्तै, बराहक्षेत्र नगरपालिका ५ ठिकिटोल का भरत अधिकारीकी १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेर अचेत भएकी बालिकाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाान धराानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Back to top button