निवर्तमान मुख्यमन्त्री गुरुङले प्रदेश सरकारबाट कुनै सुविधा नलिने घोषणा

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुर्वमुख्यमन्त्रीको हैसियतमा प्रदेश सरकारबाट कुनैपनि सुविधा नलिने घोषणा गर्नुभएको छ ।

नवगठित सरकारले पुर्वमुख्यमन्त्रीलाई दिने सुविधासमेत प्रदेशका जनताको हितमा खर्च गर्न आग्रह गरेको गुरुङका स्वकीय सचिव विक्रम न्यौपानेले बताउनुभयो ।

कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठित मन्त्रिपरिषदको पहिलो बैठकले पुर्वमुख्यमन्त्रीको सम्मानमा प्रदेशको स्रोत, साधनले भ्याएसम्मको सुविधा दिने निर्णय गरेको थियो ।

Back to top button