एमालेका वरिष्ठ नेता खनाललाई थप उपचारका लागि दिल्लि लगिने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँ दिल्ली लगिने भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालको स्वास्थ्यमा सुधार नभएपछि आज दिउँसो १२ः३० बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि जेष्ठ ३१ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा खनाल भर्ना हुनुभएको थियो । उहाँको अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।

ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो । आज नर्भिकबाट नयाँ दिल्लीको एपोलो अस्पतालमा लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

Back to top button