तीन हजार जना भन्दाबढी कोरोना संक्रमण मुक्त

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज आज ३ हजार ८२ जना मुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ रहेको छ।

यस्तै आज थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । २ हजार ८ सय २८ जना थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ।

आजसम्म कुल संक्रमित भएकामध्ये ८८.४९ प्रतिशत निको भएको, १०.१२ प्रतिशत सक्रिय रहेको र १.३९ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ४३ छन्।

Back to top button