कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दै

काठमाडौं । १४ औं महाधिवेशनको विषयमा निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सानेपास्थित पार्टी कार्यालयमा बस्दै छ ।

कोरोना महामारी र क्रियाशील सदस्यताको काम समयमा पूरा हुन नसकेपछि महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदनका साथै आवश्यक अन्य निर्णय लिन आज दिउँसो २ बजे बैठक बस्न लागेको कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले बताउनुभयो ।

क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाएपयिछ सभापति देउवाबाट हस्ताक्षर गराएर असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने संशोधित कार्यतालिका बनेको उहाँले बताउनुभयो ।

भदौ १६ को महाधिवेशन गर्न वडा अधिवेशन साउन ६ गते, गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू र एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २० साउन २० गते गर्ने कार्यतालिका छ ।

Back to top button