विश्वकप छनौट खेलमा इटली अन्तिम १६ मा

विराटनगर । विश्वकप छनौटको खेलमा इटलीले स्विटजरल्यान्डलाई विरुद्ध पनि ३–० गोल अन्तरले जित हात पारेको छ । यो जितसँगै इटली विश्वपक छनौटका लागि अन्तिम १६ मा पर्ने निश्चित भएको छ ।

इटलीका म्यानुयल लोकाटेल्लीले दुई र सिरो इम्मोबाइलले एक गोल गर्नुभएको थियो। सुरुवाती खेलमा टर्कीलाई ३–० ले हराएको इटलीले गएरातीको खेलमा स्विटजरल्याण्डमाथि पनि उस्तै नतिजा निकाल्न सफल भएको हो । योसँगै समूह चरणको दुई खेलबाट इटलीले ६ अंक प्राप्त गरेको छ ।

सोही समूहको अर्को खेलमा वेल्सले टर्कीलाई २–० ले हराएको छ । यो जितसँगै ४ अंक हासिल गरेर समूहको दोस्रो स्थानमा रहेको वेल्ससँग समूहचरणको अन्तिम खेलमा शीर्ष स्थानको इटलीसँग प्रतिस्पद्र्धा हुनेछ ।

Back to top button