भिरबाट ट्रिपर खस्दा १ जनाको मृत्यु, १ जना घाईते

संखुवासभा । संखुवासभाको चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनद्धारा संचालनमा रहेको बा.५ ख १४० नम्बरको ट्रिपर भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते हुनुभएको छ ।

ट्रिपरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भट्टराईको मृत्यु भएको हो भने ट्रिपरका चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० वर्षीय नवराज श्रेष्ठ घाइते हुनुभएको छ ।

गएराती ९ बजे ट्रिपरबाट ढुंगा अनलोड गर्ने क्रममा पछाडी सार्दा ट्रिफर अनियन्त्रीत भई भिरबाट करिब ३ सय मिटर तल अरुण नदीको बगरमा खसेको थियो ।

घटनाको जानकारी पाएपछि पुगेको अस्थाई प्रहरी बेस पुखुवा दोभानको प्रहरी टोलीले घाइतेलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।

Back to top button