विपक्षी गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको कार्यसमिति बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

लोकतन्त्र र संविधानको रक्षाका लागि भन्दै कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन निर्माण गरेका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धन बनेको कांग्रेसको ठहर छ ।

Back to top button