ग्रो अर्ग्यानिक कृषिको प्रष्टीकरण : बेलबारी नगरमा बोयर बोका र बाख्रा खरिदमा कमिशनको विषय झुठो र भ्रामक

विराटनगर । ग्रो अर्ग्यानिक कृषि प्रालि संखुवासभाले बेलबारी नगरपालिकाले बोयर बोका र बाख्रा खरिदमा कुनै किसिमको कमिशनको कुरो नभएको प्रष्टीकरण दिएको छ । प्रालीका प्रतिनिधि गोबिन्दकुमार रायले विज्ञप्ती जारी गरी प्रष्टीकरण दिनुभएको हो ।

ठेक्का प्रक्रियामा खरिद गरेको बोयर बोका र बाख्रा ठेकदार कम्पनी ग्रो अर्ग्यानिक कृषि प्रालि संखुवासभाले सम्झौता बमोजिम उपलब्ध नगराएकोमा नगरपालिकाले कारबाही गरेको छ ।

प्रालीले सम्झौता अनुसारको सर्तको अधिनमारही बोका र बाख्रा खरिद गरेको भन्दै नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले ठेकदारमाथि विश्वास गरेर बोका र बाख्रा लक्षित वर्गलाई बितरण पनि गरिसकेको थियो । तर पछि किसानले बोका र बाख्रा शतप्रतिशत अस्ट्रेलियन बोयर प्रजातिको नभएको भन्दै प्रदर्शनमा उत्रेपछि नगरपालिकाको ध्यानाकर्षण भएको थियो ।

चौतर्फी विरोध हुन थालेपछि नगरपालिकाले छानविन गरी ग्रो अग्र्यानिक कृर्षि प्रालि संखुवासभासँग गरेको सम्झौता रद्द गर्नुका साथै कालोसूचीमा राख्ने र धरौटीसमेत जफत गर्ने निर्णय गरेको छ ।

ग्रो अर्ग्यानिक कृषि प्रालि संखुवासभालाई पक्ष पोषण गरेर समाचार प्रकाशन, प्रशारण गरेका मिडिया हाउसका पत्रकारले अनर्गल, कपोलकल्पित, तथ्यहिन, भ्रामक समाचार लेखेको प्रति प्रालीले आपत्ति जनाएको छ ।

प्रालीले नगरपालिकाका कसैले कुनै किसिमको दवाव नदिएको र कमिशनको कुरो नगरेको विज्ञप्तीमार्फत जनाएको छ ।

Back to top button