नेपाल स्काउटको स्थापना दिवसमा प्रधानमन्त्रीको शुभकामना : वर्तमान सरकार युवाहरुको साथमा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्काउटको स्थापना अवसरमा शुभकामना दिँदै वर्तमान सरकार युवाहरुको साथमा रहेको बताउनुभएको छ ।

स्काउटको ७० औं स्थापना दिवसको अवसरमा शुभकानमा सन्देश जारी गर्दै उहाँले अहिलेका युवा र भविष्यका युवा अर्थात अहिलेका बालबालिकाको सहभागितामा नै देशले समृद्धि हासिल गर्ने बताउनुभएको छ ।

लामो संघर्ष गरेर लोकतान्त्रिक प्रणाली ल्याएको स्मरण गर्दै उहाँले लोकतन्त्रलाई कार्यन्वयन गर्न विधी र प्रणालीहरु स्थापना गरिएको उल्लेख गर्नुभएको छ ।

उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ, ‘यिनै विधी र प्रणालीमा उभिएर हाम्रो यात्रा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा प्राप्त गर्न अघि बढेको छ ।’

विभिन्न पक्षको अवरोधका बीच देशको यात्रा सुशासन र विकासतर्फ लम्किएको भन्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिको अभियानमा नेपाल स्काउटको अनुसाशन र एकताको महत्वपूर्ण भूमिका हुने समेत उल्लेख गर्नुभएको छ ।

Back to top button