चौतर्फी विरोधपछि भारतीय सेनामा नेपाली महिलाको भर्ना रोकियो

काठमाडौं । चौतर्फी विरोध भएपछि भारतीय महिला सेनामा नेपाली महिलालाई भर्ना लिने प्रक्रिया रोकिएको छ । भारतीय सेनाको वेबसभाइटमा सार्वजनिक गरिएको भर्नासम्बन्धी सूचना सच्याएर नेपाली महिलाको भर्ना प्रक्रिया रोकेको हो ।

सरकारी स्तरमा समेत परामर्श नगरी भारतले एक पक्षीय रुपमा नेपाली महिलालाई भारतीय महिला सेनामा भर्ना प्रक्रिया सुरु गरेको भन्दै नेपालमा चर्को विरोध भएको थियो । नेताहरुले आपत्तिजनक आरोपसमेत लगाएर भर्नाको विरोध गरेको थियो ।

Back to top button