इरानको राष्ट्रपतिमा इब्राहिम रईसी निर्वाचित

इरानमा इब्राहिम रईसी नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । इरानका कट्टरपन्थी नेता रईसीले ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपतीय निर्वाचनमा उहाँले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पछि पार्नुभएको हो ।

रइसी इरानका प्रधानन्यायाधीश हुनुहुन्छ । अमेरिकाले रईसीलाई प्रतिबन्ध लगाएको छ। उहाँ राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्धामा संलग्न हुनुहुन्थ्यो । इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ।

राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय भने सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुनेगर्छ। सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाउनुभएको थियो ।

रईसीले आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ताको रुपमा चिनाउदै आउनुभएको छ । रईसीले अगष्ट महिनाको पहिलो साता कार्यभार सम्हाल्ने अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ।

Back to top button