पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहनुभएका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार देखिएको छ । उहाँलाई अहिले ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने जस्ता समस्या हटिसकेको छ भने श्वासप्रश्वास पनि सहज बन्दै गएको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुशार उहाँको स्वास्थ्यमा निकै सुधार आइसकेको छ । अहिले उहाँलाई दिइएको अक्सीजनको सपोर्ट समेत हटाइएको छ ।

भट्टराईले पूर्वप्रधानमन्त्री खनालसँगको भिडियो संवाद गरेको जानकारी गराउँदै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गनुभएको छ ।

स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना हुनुभएका खनालको अपेक्षाकृत स्वास्थ्यमा सुधार नआएको भन्दै गत बुधबार भारतको नयाँ दिल्लि स्थित एपोलो अस्पताल लगिएको थियो ।

Back to top button