विपदको विषयमा सातै प्रदेशका आन्तरीक मामिला मन्त्रीसँग गृहमन्त्रीको छलफल

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसँग छलफल गर्नुभएको छ । मनसुनको प्रारम्भसँगै निम्तिएको विपद् र सम्भावित विपद्को तयारीलगायतका विषयमा छलफल भएको हो ।

छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड–१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी भएको छ । छलफलमा आन्तरीक मामिला मन्त्रीहरुले आ–आफ्नो प्रदेशमा गरिएका तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै गृहमन्त्रीसँगको छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि मन्त्रीहरुले आग्रह गर्नुभएको थियो ।

Back to top button