घुस रकमसहित सहायक वन अधिकृत पौडेल पक्राउ

धादिङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले सवडिभिजन वन कार्यालय धादिङका प्रमुख सहायक वन अधिकृत कृष्णप्रसाद पौडेललाई ४० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

सःमिलमा चिरानका लागि ल्याएको काठको कागजात माग गरे अनुसन्धान गर्ने क्रममा घट्ना मिलाइदिन ४० हजार रुपैयाँ लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेलले पक्राउ गरेको हो । स्ट्रिङ अपरेसनमा पौडेललाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले बताउनुभयो ।

Back to top button