ग्रिनल्याण्डका विशाल बने भारत सिए टपर

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजमा अध्ययन पुरा गरेर भारतमा अध्ययनरत विद्यार्थी विशाल तिम्सिना चार्टर्ड एकाउन्टेन्ट (सिए) मा भारतकै उत्कृष्ट (टपर) हुनुभएको छ ।

भारतको चेन्नाईमा बसेर अध्ययनरत तिम्सिनाले ग्रिनल्याण्डमा २०७१/०७२ सालमा अध्ययन पुरा गरेर भारतको चेन्नाई अध्ययनका लागि जानुभएको थियो । विशाल तिम्सिनाले सन् २०२१ मा भएको सिएको फाइनल परिक्षामा भारतकै पहिलो ‘र्‍याङ्किङ’मा टप गर्नुभएको हो ।

विशाल सिएमा भारतकै टप गर्ने पहिलो नेपाली विद्यार्थी रहेको ग्रिनल्याण्डका प्रिन्सिपल दिपक पोखरेलले दावी गर्नुभयो । उहाँले यसले विराटनगरका विद्यार्थी अब्बल हुन्छ भन्ने प्रमाणित गर्न सहयोग गरेको बताउनुभयो ।

कलेजका निर्देशक दिनेश दहालले नेपालकै शैक्षिक हवका रुपमा परिचित विराटनगरको गुणस्तर विशालको नतिजाले पनि पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामीले प्रदान गरेको शैक्षिक गुणस्तर विशालले प्रमाणित गरिदिएका छन्, उनको उज्वल भविष्यको कामना गर्दछु ।’

पछिल्लो समय शैक्षिक गुणस्तरमा सचेत रहँदै आएको ग्रिनल्याण्डले प्लस टु का विज्ञान, कम्प्युटर , व्यवस्थापन र होटेल मेनेज्मेन्ट संकायमा अध्यापन गराउँदै आएको छ । ग्रिनल्याण्डको लक्ष्य नै गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको निर्देशक दाहालले बताउनुभयो ।

Back to top button