भेनेजुएला र इक्वेडर बराबरी खेल्दै अंक बाँडे

काठमाडौं । कोपाअन्तर्गतको समूह बी को सोमबार बिहान सम्पन्न खेलमा भेनेजुएला र इक्वेडरले बराबरी खेलेर अंक बाँडेका छन् । इस्टाडिओ ओलम्पिको निल्टन सान्तोसमा भएको खेलमा दुवै टिमले समान २/२ गोल गरेका हुन् ।

खेलको ३९ औँ मिनेटमा एडुअर प्रेसेडिओले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएको खुशी धेरै बेर टिक्न सकेनन् । लगत्तै ५१ औँ मिनेटमा एडसन कास्टिलोले भेनेजुएलाका लागि गोल गर्दै खेल बराबरीमा ल्याउनु भएको थियो ।

७१ औँ मिनेटमा गोन्जालो प्लाटोले अर्को गोल गर्दै कायम गरेको अग्रता इक्वेडरले कायम राख्न सकेन र इन्जुरी समयमा कास्टिलाको पासमा आर हर्नान्डेजले गोल गर्दै पुनः बराबरीमा खेल फकाएर अंक बाँडेका छन् ।

Back to top button