प्रदेश प्रहरी प्रमुखको सरुवा, प्रदेश १ मा वीसी

काठमाडौं । नेपाल प्रहरीले प्रदेश प्रमुखहरुलगायतका डिआईजीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट प्रदेश १ प्रहरी प्रमुखमा डिआईजी अरुणकुमार वीसीलाई पठाएको छ ।

वीसी यसअघि जिल्ला प्रहरी मोरङमा सफल नेतृत्व गरिसक्नु भएको छ । मोरङ प्रहरीको नेतृत्व गरिरहेकै अवस्थामा उहाँ एसएसपीमा बढुवा हुनुभएको थियो । यस्तै, प्रदेश २ मा उमेश रञ्जितकार, वागमति प्रदेशमा प्रकाशजंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनीले नेतृत्व पाउनु भएको हो ।

यस्तै, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेलले नेतृत्व पाउनु भएको छ । यस्तै, केन्द्रीय अनुसन्धान व्यूरोमा प्रदेश २ बाट सरुवा भएका धिरजप्रताप सिंहले स्थान पाउनुभएको छ ।

Back to top button