पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु

झापा । अर्जुनधारा नगरपालिका ११ स्थित पोखरीमा माछा मार्ने क्रममा एक जनाको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय ४० वर्षीय माइकल सोरेनको मृत्यु भएको हो ।

हिजो बेलुका पौने ६ बजे घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर सोरेन बेपत्ता भएका थिए ।

ईलाका प्रहरी कार्यालय अनारमणी र १ नम्बर प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापाबाट खटिगएको प्रहरी टोलीले पोखरीमा खोजतलास गर्ने क्रममा आज सोरेनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Back to top button