चोरीमा संम्लग्न १ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर ११ पिचराका दुईवटा घरबाट विभिन्न सामान चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय पप्पु शहनी रहेको प्रहरीले जानकारी दिएको छ ।

शहनीले विकास गुरुङ्ग र मुनिदेवी साहलगायतको घरबाट चोरी गरेको पाइएको हो । प्रहरीले ल्यापटप, मोबाइल, पाउजु झुम्का,बाला, लकेटलगायतका गहना र करिब तीन हजार रुपैयाँ शहनीको घरबाट लुकाईराखेको अवस्थामा बरामद गरेको हो ।

Back to top button