शर्तसहित हवाई उडान खुल्दै, आन्तरीक उडान पनि चाँडै शुरु हुने

काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्न अनुमति दिएको छ । हिजोको मन्त्रीपरिषद वैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा निर्धारण गरेर हवाई उडान सुचारु गर्न अनुमति दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

यस्तै अन्तर्राष्ट्रियतर्फ नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ । काठमाडौं–दोहा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं–इस्तानबुल साताको २, काठमाडौं–दुवई सातामा चार उडान हुने भएको छ ।

काठमाडौं– दमाम साताको २, काठमाडौं–कुवेत साताको दुई, काठमाडौं–मस्कट साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ । यसैगरि दक्षिण कोरिया, जापान, छेन्दु र ग्वाङझाओमा साताको एक–एक उडान हुने भएको छ ।

Back to top button