चार वटा अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्दै आएका चार वटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई कालोसूचीमा राखेको हो ।

इहिमालय टाइम्स डट कम दर्ता नै नगरी पत्रकार आचारसंहिता विपरित सञ्चालन गर्दै आएकोले कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ । काउन्सिलले ८ वटा अनलाइनलाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र १ सञ्चार विज्ञलाई ध्यानाकर्षण गराएको हो ।

Back to top button