तामाकोसी गाउँपालिकाको बजेट : स्वास्थ्य ,पुर्बाधार र सूचना प्रबिधीलाई विशेष प्राथमिक

सुजन काफले
दोलखा । जिल्लाको तामाकोशी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि कूल ७० करोड ७४ लाख ६४ हजार ४३ बराबरको बजेट डिजिटल माध्यमबाट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष उर्मिला खड्काले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै आगामी आर्थिक बर्ष २०७८/७९  बजेट सार्वजनिक गरेकी छन ।

डिजिटल माध्यामबाट गाउँ सभा गर्ने दोलखाको पहिलो सूचना प्रविधिमैत्री तामाकोसी गाउँपालिका बनेको छ।
गाउँपालिकाले बजेटमा स्वास्थ्य ,पुर्बाधार र सूचना प्रबिधीलाई विशेष प्राथमिकतामा राखेको छ।
पालिकालाई संघीय सरकारवाट समानिकरण, सर्शत, समपुरक र बिशेष अनुदान तथा राजस्व र रोयल्टि बाँडफाँडवाट गरी ५२ करोड ६२ लाख ९१ हजार ८ सय ७४ र प्रदेश सरकारवाट प्राप्त हुने अनुमान गरिएको छ भने बागमती प्रदेश सरकारवाट अनुदान र सवारी साधनको कार बाँडफाँडवाट ८ करोड ६१ लाख ७२ हजार १ सय ६९ आम्दानी हुनेछ । गाउँपालिकाले चालु बर्षसम्म कोषमा मौज्दात रहेको ७ करोडलाई पनि आगामी आर्थिक बर्षका लागि आम्दानीमा बाँधेको छ भने २ करोड आन्तरिक आम्दानी हुने प्रक्षेपण गरेको छ ।

गाउँपालिकाले तामाकोशी रोजगार कार्यक्रमका लागि ७० लाख लगायतका योजना र कार्यक्रममा बिनियोजन गरिएको छ कतिपय स्थानीय सरकारले नगर र गाउँ सभामा आर्थिक विवरणलाई पारदर्शी तरिकाले सार्वजनिक नगरेका बेला तामाकोशीको भने शिर्षक अनुसार बजेट सार्वजनिक भएको छ । गाउँ सभाले उपाध्यक्ष केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई पारित समेत गरेको छ । नीति तथा कार्यक्रममा स्थानीय अस्पतालमा भिडियो एक्स रे लगायतकका स्वास्थ्य सेवा उपलब्ध गराई गम्भिर प्रकृतिका बिरामीलाई नागरिक स्वास्थ्य कोष मार्फत सहयोग गर्ने उल्लेख छ । बजेट प्रस्ताव गर्नुभएको हो । तामाकोशी गाउँपालिकालाई संघीय सरकारवाट समानिकरण, सर्शत, समपुरक र बिशेष अनुदान तथा राजस्व र रोयल्टि बाँडफाँडवाट गरी ५२ करोड ६२ लाख ९१ हजार ८ सय ७४ र प्रदेश सरकारवाट प्राप्त हुने अनुमान गरिएको छ भने बागमती प्रदेश सरकारवाट अनुदान र सवारी साधनको कार बाँडफाँडवाट ८ करोड ६१ लाख ७२ हजार १ सय ६९ आम्दानी हुनेछ । गाउँपालिकाले चालु बर्षसम्म कोषमा मौज्दात रहेको ७ करोडलाई पनि आगामी आर्थिक बर्षका लागि आम्दानीमा बाँधेको छ भने २ करोड आन्तरिक आम्दानी हुने अपेक्षा गरिएको छ ।

नीति तथा कार्यक्रममा स्थानीय अस्पतालमा भिडियो एक्स रे लगायतकका स्वास्थ्य सेवा उपलब्ध गराई गम्भिर प्रकृतिका बिरामीलाई नागरिक स्वास्थ्य कोष मार्फत सहयोग गर्ने उल्लेख छ ।

Back to top button