मेलम्ची बजारमा बाढीले बगायो तीन तले घर

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारमा आएको बाढीले आज तीन तले घर बगाएको छ । इन्द्रावती नदीको बाढीले मेलम्ची बजारस्थित गोपाल भन्ने महेन्द्र दुलालको घर बगाएको हो ।

असार १ गतेको भीषण बाढीमा जोगिएको दुलालको घर निरन्तरको वर्षा र कटानले बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक टिकाराम राईले बताउनुभयो ।

मेलम्चीमा दुलालको पहिलो घर ढलेको हो तर उहाँको परिवारका सदस्यहरु अन्तै कोठा लिएर बसेकाले कुनै किसिमको मानवीय क्षति नभएको राईले बताउनुभयो । लगातारको वर्षा र कटानले नदीमा बहाव बढेकोले आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ।

Back to top button