कक्षा ५ का लागि सोलुदुधकुण्ड नगरपालिकाको आफ्नै पाठ्क्रम तयार

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले कक्षा ५ का लागि आफ्नै पाठ्यक्रम तयार पारेको छ।

नगरपालिकाको भूगोल, पहिचान, जातजाति, भाषाभाषी, खानपान, रहनसहन, मौसम, पर्यटन, प्राकृतिक सम्पदा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारसहितका विषय समावेश गरी स्थानीय पाठ्यक्रम तयार पारेको हो ।

पाठ्यक्रम निर्माण समितिका संयोजक एवं सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धव कुमार शर्माले नगर प्रमुख नाम्गेल जाङबु शेर्पालाई सो पाठ्यक्रम हस्तान्तरण गर्नुभएको छ ।

हिजो एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको कार्यक्रममा संयोजक शर्माले साझा पाठ्यक्रम तयार भएको बताउनुभएको छ । नेपाल सरकारको शैक्षिक नीतिअनुसार अन्य स्थानीय तहहरुले स्थानीय स्थानीय पाठ्यक्रम तयार गर्न थालेका छन् ।

तयार गरिएको पाठ्क्रम नगर शिक्षा समितिको बैठक बसेर अनुमोदन गरी यही शैक्षिक सत्रबाट लागू गरिने नगरपालिकाका शिक्षा अधिकृत गोपालराज भुजेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पहिलो चरणमा शिक्षकहरुलाई अध्ययन गर्न दिइनेछ, त्यसपछि पाठ्यपुस्तक छपाइ गरी विद्यालयहरूमा पठाइनेछ।

Back to top button