युरोकप फुटबलमा आजदेखि नकआउट चरण शुरु : इटली र अष्ट्रिया भिड्दै

काठमाडौं । युरोकप फुटबल २०२० अन्तर्गत आजदेखि नकआउट चरणका खेल शुरु हुँदैछन् । अन्तिम १६ को दोस्रो खेलमा आजराति इटलीले अष्ट्रियासंग प्रतिस्पर्धा गर्दैछ । लण्डनस्थित वेम्बली मैदानमा नेपाली समयअनुसार राति १२ः ४५ बजेदेखि खेल सुरु हुनेछ ।

इटली समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रिया समूह सीको उपविजेता हुँदै नकआउट चरण प्रवेश गरेको हो । इटली र अष्ट्रिया युरोकपमा पहिलो पटक खेल्न लागेका हुन् ।

यी दुई टोलीबीच अहिलेसम्म ३६ खेल भएका छन् जसमा इटलीले १६ खेल जितेको छ भने अष्ट्रियाले १२ खेल जितेको छ । ८ खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक २००८ मा भएको खेल २–२ को बराबरीमा सकिएको थियो । इटली र अष्ट्रियाबीचको खेलको विजेताले क्वार्टरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको खेलको विजेतासंग प्रतिष्पर्धा गर्नेछ ।

Back to top button