रूखबाट लडेर मृत्यु

संखुवासभा । पाँचखपन नगरपालिका ६ माथिल्लो स्वाङगेमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीय लिलाबहादुर कटुवालको मृत्यु भएको हो ।

घर नजिकैको बारीमा रहेको दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Back to top button