मदन भण्डारीको ७० औं जन्मजयन्ती : नयाँ शीराबाट कम्युनिष्ट आन्दोलन र एमाले एकीकरण गर्न माधवकुमारको आह्वान

काठमाडौं । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ शीराबाट कम्युनिष्ट आन्दोलन र एमालेको एकिकरणका लागि आह्वान गर्नुभएको छ ।

जन्मजयन्तीको अबसरमा नेपालले आज जारी गरेको सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट प्राप्त कम्युनिष्ट पार्टीको जनविश्वास, संविधान, पार्टी विधान, विधि र सिद्धान्तलाई छोडेर पार्टी एवम् सरकार सञ्चालन गर्नु राष्ट्रघात भएको उल्लेख छ ।

त्यसैले सिंगो पार्टी, कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शीराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टीपंक्तीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायलाई नेता नेपालले आह्वान गर्नुभएको छ ।

Back to top button