प्रतिनिधिसभा पुनःस्थापनामा अध्यक्ष दाहाल सशंकित

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनःस्थापनामा आशंका व्यक्त गर्नुभएको छ ।

कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा आज उहाँले विगतको अनेकौं आधार प्रमाण भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क हुने अवस्था नभएको बताउनु भएको हो । उहाँले प्रतिनिधिसभा पुनःस्थापनाले मात्रै समस्या समाधान नहुने भएकोले सतर्कता नटुटाउन सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ ओरालो लागेको प्रष्ट भएको बताउनु भयो । ‘प्रधानमन्त्रीको गालीगलौज सुन्न पनि लाज लाग्ने छ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओली ओरालो लागे पनि अझै चाल चल्न सक्ने खतरा छ त्यसैले चनाखो भएर सबैले बस्नु पर्छ ।’

Back to top button