प्रदेश १ मा ७४८ संक्रमित थपिए, ७०२ निको

विराटनगर । प्रदेश १ मा आज ७४८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार २३ जनाको पिसिआर परीक्षण गर्दा ३४२ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने १ हजार ३४५ जनामा एन्टिजेन परीक्षण गर्दा ४०६ जनाको पोजिटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशभरि आज १७ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्ममा यस प्रदेशमा कोरोना संक्रमितको संख्या एन्टिजेन परीक्षणमा १७ हजार १३५ र पिसिआर परीक्षणमा ७० हजार ८७२ पुगेको छ । कोरोना संक्रमित निको हुनेको संख्या ६२ हजार ८ र संक्रमणले मृत्यु हुनेको १ हजार २४ पुगेको छ ।

Back to top button