भोलीदेखि भारी वर्षा हुने पूर्वानुमान : सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलीदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने उल्लेख गरेको छ ।

मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १, २, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

भारी वर्षा हुँदा पहाडी भूभागमा पहिरो खस्ने, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।

यस्तैराति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

Back to top button