५ लाख नगद र ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा । दमक नगरपालिकाबाट ५ लाख १४ हजार ३ सय नगदर र ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह ५ वालुवाथान का २६ वर्षीय विवेक लिम्वु, २२ वर्षीय शौरभ राई, ईलामको चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्दै आएका ३१ वर्षीय विक्रम राई र ३७ वर्षीय जेम्स भन्ने खगेन्द्र शावाँलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दमक ६ थाना रोडबाट हिजो विवेक र शौरभलाई पक्राउ गरेको थियो। दुबै जनाको अनुसन्धान गर्ने क्रममा ब्राउन सुगर विक्रम र खगेन्द्रबाट खरिद गरेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले विक्रम र खगेन्द्रको कोठामा छापामारी गर्दा ५ लाख १४ हजार ३ सय नगद बरामद भएको र उनीहरुले ईलामको घरमा ब्राउन सुगर राखेको वयान दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुको घरमा छापामारी गर्दा विक्रमको कोठाबाट ५ ग्राम र खगेन्द्रको कोठाबाट २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनायो ।

Back to top button