माओवादीले पदमुक्त गरेका दुई प्रमुखको सर्वोच्चद्वारा पद वहाली

काठमाडौं । माओवादी केन्द्रको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गरेको दुई जना प्रमुखलाई सर्वोच्च अदालतले पद वहाली गर्ने आदेश दिएको छ । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले प्रमुखद्वय साह र कुशवाहाले माओवादी केन्द्र छाडेर अर्को दल गठन वा अर्को दलमा प्रवेश गरेको यकिन हुन सक्ने आधार प्रमाण नभएकोले निर्वाचन आयोगको पदमुक्त गर्ने निर्ण तत्कालय कार्यान्वयन नगर्नु नगराउन आदेश दिएको हो ।

माओवादी केन्द्रले वैशाख १४ गते निर्वाचन आयोगमा प्रमुख साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पठाएको पत्रका आधारमा निर्वाचन आयोगले असार ११ गते पदमुक्त भएको सूचना सार्वजनिक गरेको थियो ।

Back to top button