प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ७५२ संक्रमित थपिए

विराटनगर १७ असार । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ ।

प्रदेश १ मा आज ७५२ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा १ हजार ३५९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ र ८९४ जनामा एण्टिजेन परीक्षण गर्दा २७४ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार १४७ पुगेको छ । सक्रिय संक्रमित ७ हजार १६१ रहेको मन्त्रालयले जनाएको छ ।

Back to top button