दमक नगरपालिकाको बजेट १ अर्ब ३८ करोड

झापा । दमक नगरपालिकाले आर्थिक वर्ष २०७८–०७९ का लागि १ अर्ब ३८ करोड ४५ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको छ । चालु खर्चतर्फ ७० करोड ५९ लाख ९९ हजार र पूँजिगततर्फ ६७ करोड ८६ लाखका विनियोजन गरिएको छ ।

बजेटको स्रोततर्फ आन्तरिक स्रोतबाट २८ करोड २३ लाख ६० हजार, दमक अस्पतालको आन्तरिक स्रोतबाट ११ करोड, संघीय सरकारबाट अनुदान ७० करोड १७ लाख, प्रदेश सरकारबाट अनुदान २ करोड २३ लाख ८५ हजार, राजश्व बाँडफाँडबाट २३ करोड ८१ लाख ५३ हजार र जनसहभागिताबाट ४ करोड व्यहोर्ने जनाएको छ ।

Back to top button