निरन्तरको वर्षाका कारण खोलाहरुमा बाढी, आसपासका बस्तिहरुमा सचेत रहन आग्रह

विराटनगर । निरन्तरको वर्षाका कारण देशभरका सवै खोला तथा नदिहरुमा बाढी आएको छ । १ नम्बर प्रदेशका पनि सवै खोलाहरुमा बाढी आएको छ । वर्षाले सुनसरी र मोरङका सवै खोलाहरुमा बाढी आएकाले आसपासका बस्तिहरुमा सचेत रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सुनसरीको इटहरी, तरहरा, मोरङको सुन्दहरैँचा, बेलबारी लेटाङ लगायतका दर्जनौँ स्थानमा छ घण्टासम्म निरन्तर वर्षा भएको जनाएको छ । निरन्तर भीषण वर्षा भएका कारण खोलानजिक बसोबास गरिरहेकाहरुले उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ ।

विभागका अनुसार मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा जलसतह बढेको छ । वर्खाका समयमा विभिन्न खोलामा आउने बाढी तथा हुने कटानका कारण मोरङ र सुनसरीमा वर्षेनी ठूलो जनधनको क्षति हुँदै आएको छ ।

मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले बाढी तथा डुबानले पुर्‍याउनसक्ने भन्दै सतर्कता अपनाइएको बताउनुभयो । उहाँका अनुशार जोखिममा रहेका बस्तिका बासिन्दालाई आवश्यकता हेरेर सुरक्षित स्थानमा सारिनेछ ।

यस्तै बाढी र डुबानबाट हुनसक्ने क्षतिलाई ख्याल गर्दै उद्धार तथा पुर्नस्थापनाका लागि नेपाल प्रहरीलगायतका सुरक्षा निकाय तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभएको छ ।

Back to top button