पृथ्वी राजमार्गमा पहिरो, ५ वटा सवारीसाधन पुरीए, २ जनाको मृत्यु

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा पहिरो खस्दा ५ वटा सवारी साधन पुरिएका छन् । दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

पहिरोमा परि ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका– ६ का १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतीय महिला ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

प्रजा ट्रकमा मृत फेला परेको सोनीको गण्डकी अस्पताल पोखरामा उपचारका क्रममा विहान मृत्यु भएको धादिङ प्रहरीले जानकारी दिएको छ । पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेन र, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

Back to top button