
ईलाम । माङसेबुङ गाँउपालिका ४ स्थित गंगटेखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । माङसेबुङ ५ का ४२ वर्षीय प्रविन राईको मृत्यु भएको हो ।
खोला नजिक रहेको एक घरबाट विद्युतको तार जोडेर करेन्ट लगाई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते राईलाई उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।