युरोकपको सेमिफाइनल खेल मंगलबार र बुधबार

काठमाडौं । युरोकप २०२० को सेमिफाइनल खेल मंगलबार र बुधबार हुनेछ । इटली र स्पेनले मंगलबार र डेनमार्क र इंग्ल्याण्डले बुधबार राती १२ः४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा खेल्नेछन् । दुबै दिनका विजेताले आउँदो आइतबार ट्रफीका लागि फाइनल खेल्ने छन् ।

युरोकपको क्वाटरफाइनल खेलमा गएराती डेनमार्कले चेक रिपब्लिकलाई २–१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

Back to top button