सव–इन्जिनियर घुस सहित पक्राउ

ओखलढुङ्गा । ३० हजार घूससहित सव–इन्जिनियर राजन पासवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर पासवानलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियार टोलीले पासवानलाई पक्राउ गरेको हो । पक्राउ गरिएका पासवानको विषयमा आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Back to top button