कोरोनाविरुद्धको खोपका लागि चीनकै भर, २४ लाख खोप आउँदै

काठमाडौं । नेपाल सरकारले कोरोनाविरुद्धको खोपका लागि मित्र राष्ट्र लगायतका शुभेच्छुक राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतलाई हारगुहार गरे पनि अन्ततोगत्वा खोपका लागि चीनमै आश्रित हुन बाध्य भएको छ । चिनियाँ कम्पनी सिनोफार्मले सवा २४ लाख डोज भेरोसेल खोप दिन लागेको हो ।

भेरोसेल खोप चीनबाट ल्याउन नेपाल वायु सेवा निगमको जहाजले तीन साता लगाएर ल्याउने तालिका सार्वजनिक गरिएको छ । निगमले २५ गते पहिलो खेप खोप ल्याउन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदका लागि सिनोफार्मसँग सम्झौता गरेर ल्याउन लागेको जनाएको छ ।

Back to top button