विपन्नलाई लायन्सको राहत

पथरीशनिश्चरे । स्थापना दिवसको अवसरमा लायन्सका विभिन्न संस्थाले विपन्नलाई राहत सामाग्री वितरण गरेका छन् ।

सामाजिक कार्यमा अग्रसर संस्था लायन्स क्लबको लायन्स सर्भिस सप्ताह अन्तर्गत लायन्स क्लब अफ पथरी योङहार्ट, लायन्स क्लब अफ पथरी शनिश्चरे र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा विपन्न समुदायलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

समाजमा मानवीय सेवाभावको सम्बन्ध बिस्तार गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने लायन रोशन बुढाथोकीले बताउनुभयो । लायन्सका ‘जोन चेयरमेन’ उपेन्द्र कँडेलका अनुशार कार्यक्रममा डिस्ट्रिक गभर्नर रेवत बहादुर कार्की, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर नरनाथ सापकोटा, लायन्स क्लब अफ पथरी शनिश्चरेका सेक्रेटरी मुरारी आचार्य, खगेन्द्र सिटौलालगायतका लायन्सका नेताहरुको सहभागिता थियो ।

Back to top button