प्रतिनिधिसभा विघटनविरुद्धको फैसला असार २८ गते

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा असार २८ गते फैसला सुनाउने भएको छ । ११ दिनदेखिको लगातारको बहसपछि आज प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सकिएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाई गर्नुभएको छ ।

Back to top button