निर्वाचन आयोगले जसपाका दुवै पक्षसँग छलफल गर्ने

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ । बिहान ११ बजे दुवै पक्षका नेताहरुलाई सहमतिका लागि छलफल गर्न बोलाइएको हो ।

अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय प्रक्रिया सुरु हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद बढेको छ । दुवै पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिएको थियो ।

सो निवेदनलाई आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो ।

Back to top button